दार्चुलाका धेरै बस्ती बाढीको जोखिम, १६ घरपरिवारलाई स्थानान्तरण गरियो !

दार्चुला : दार्चुला बाढीको जोखिममा परेको छ ! केही दिन यता लगातार बर्षा हुँदा केही बस्ती घरलाई नै यताउता स्थानान्तरण गरिएको छ। 

जिल्लाको मार्मा गाउँपालिका–४ र ५ का १६ घर गन्याड खोलाको बाढीको जोेखिममा परेपछि १६ घरधुरीका ४८ महिला र ५१ पुरुष गरेर ९९ जनालाई स्थानान्तरण गरिएको छ ।

Dengue

उनीहरुलाई नजिकै रहेको हटिनाथ आधारभुत विद्यालय र सूर्योदय आधारभुत विद्यालयमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

बुधबारबाट परेको अविरल वर्षाले गन्याड खोलामा आएको बाढीको जोखिम बढेपछि जीउधनको क्षति नहोस भनेर बस्तीका मानिसलाई स्थानान्तरण गरिएको हो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार