सोडारी सरकारले थपेका मन्त्रालय खारेज गरी मन्त्रालयको संख्या पुरानै अवस्थामा राख्ने तयारी

धनगढी : सुदूरपश्चिममा असार १६ गते मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मौजुदा मन्त्रालय विभाजन गरी नयाँ मन्त्रालय थपेर मन्त्रालयको संख्या १० पु¥याएका थिए । यसरी बढाईएको मन्त्रालयको संख्या पुरानै अवस्थामा राख्ने तयारी भएको बताईएको छ ।

एमाले र कांग्रेसबिच नयाँ राजनीतिक सहमतिपछि सुदूरपश्चिममा बढाइएको मन्त्रालय संख्या पुनः पहिलेकै अवस्था (७ मन्त्रालय) मा झार्न छलफल सुरु भएको छ । एमाले र कांग्रेसबिच सात मन्त्रालयमा झार्ने छलफल भएको बताइएको छ ।

Dengue

एमाले संसदीय दलको उपनेता सन्तोष कुमारी शर्मा थापाले मन्त्रालयको संख्या बढाउँदा प्रदेशको अवस्था र जनताको भावना विपरीत देखिएको भन्दै विरोध भइरहेको बताइन् । त्यसैले पहिलेकै अवस्थामा मन्त्रालय कायम गर्न पहल गरिरहेको उनको भनाइ छ ।

प्रदेश सरकारको प्रतिपक्षमा रहेको कांग्रेसले मन्त्रालय फुटाएर संख्या बढाएपछि कडा विरोध जनाएको थियो । अब कांग्रेसकै नेतृत्वमा सरकार बन्ने भएपछि मन्त्रालयको संख्या पूर्ववत् राख्नेबारे छलफल थालेको कांग्रेस प्रमुख सचेतक विक्रम धामीले बताए ।

उनले भने, ‘एकातिर प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश सरकार सञ्चालन नियमावली ०७४ संशेधान नै नगरी मन्त्रालयको संख्या बढाएको थियो । अर्कोतिर प्रदेश सरकार आर्थिक रूपमा थला परेको अवस्थामा मन्त्रालयको संख्या बढाउनु नै बेठिक रहेकाले अब आफ्नै नेतृत्वमा सरकार बन्ने भएपछि यसबारे छलफल थालेका हौँ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार