धनगढी : कैलालीमा आज पानी परेपछि महिनौ दिनसम्मको उखरमाउलो गर्मीबाट यहाँका बासिन्दालाई राहत मिलेको छ । आज बिहानबाट वर्षा भएपछि मौसम चिसो भई गर्मीबाट राहत मिलेको हो ।
यस अघिसम्म यहाँ अत्यधिक गर्मी थियो । जिल्लाको पूर्वी क्षेत्रलगायत केही भूभागमा हिजो अस्ति हल्का पानी परे पनि धनगढीलगायतको विभिन्न क्षेत्रमा पानी परेको थिएन । मनसुनी वर्षा भएपछि गर्मीबाट छुट्कारा पाएको धनगढीका देवेन जोशीले बताउनुभयो ।
नेपालमा मनसुन यसवर्ष चाँडै प्रवेश भए पनि यस प्रदेशसम्म पुग्न ढिलो भएको थियो । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाद्वारा आज बिहान जारी गरिएको मौसम बुलेटिनमा उल्लेख छ ।
वर्षा भएपछि किसानलाई पनि सहज भएको छ । पानीको पर्खाइमा रहेका उनीहरु खेतीपातीको काममा सक्रिय भएका छन् ।
प्रतिक्रिया दिनुहोस्