धनगढीबाट ७ जुवाडे पक्राउ

अत्तरिया : कैलालीको धनगढीबाट प्रहरीले ७ जुवाडेलाई पक्राउ गरेको छ । शनिबार धनगढी उपमहानगरपालिका – ३ रिङरोड स्थित हिरा गजुरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जुवाडे पक्राउ परेका हुन ।

प्रदेश प्रहरी कार्यालयले गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोली हिरा गजुरेल सहित ७ जनालाई पक्राउ गरेको जनाएको छ । अन्य पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

Dengue

उनीहरुको साथबाट ६५ हजार ५०५ रुपैयाँ सहित ३ गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार