पत्रकार उपाध्याय, समाजसेवी अग्रवाल र सापकोटालाई नागरिक अभिनन्दन

डोटी : डोटीको सायल गाउँपालिका र भवानी माध्यमिक विद्यालयले पत्रकारिता तथा सामाजिक क्षेत्रमा उत्कृष्ट योगदान पु¥याए वाफत चार जना व्यक्तिलाई बुधवार नागरिक अभिनन्दन गरेको छ । सामाजिक तथा पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान पु¥याए वाफत पत्रकार दीर्घराज उपाध्यायलाई समाजसेवासंगै औद्योगिक विकास तथा रोजगारी सृजनामा उत्कृष्ट योगदान पु¥याए वाफत बरिष्ठ उद्योगपति ओमप्रकाश अग्रवाल र समाजसेवी संगम पब्लिकेसन्सका प्रबन्ध निर्देशक सहदेव(एसपी) सोपकोटा र उनका दाई बसन्त सापकोटा(अमेरिका)लाई संयुक्त रुपमा सायल गाउँपालिका र भवानी माध्यमिक विद्यालय डोटीले बुधवार नागरिक अभिनन्दन गरेको हो ।

सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी, भवानी माध्यामिक विद्यालयका अध्यक्ष धन बहादुर सिंह, प्रधान अध्यापक खड्क बहादुर सिंहले सायल गाउँपालिकाका नागरिकका तर्फबाट बुधवार विद्यालयमा आयोजित दोसल्ला र अभिनन्दन पत्र प्रदान गर्नुभयो । अढाई दशकदेखि धनगढीबाट पत्रकारिता गर्दै आउनुभएका उपाध्यायलाई पत्रकारिता र सामाजिक क्षेत्रमा पु¥याएको अतुलनीय योगदानको उच्च कदर गर्दै सायल गाउँपालिकाका आम नागरिकका तर्फबाट अभिनन्दन गरिएको अध्यक्ष जोशीले बताउनुभयो । त्यस्तै सुदूरपश्चिमको औद्योगिक विकास र रोजगारीका अवसरहरु सृजनासंगै सामाजिक उत्तरदायीत्व बहन गर्दै डोटीको सायल गाउँपालिका–२ स्थित भवानी माध्यमिक विद्यालयका ५०० विद्यार्थीहरुको पोशाकको सिलाई खर्च सहयोग गर्नुभएकोमा सायल गाउँपालिका नागरिकका तर्फबाट बरिष्ठ उद्योगपति अग्रवाललाई अभिनन्दन गरिएको बताउनुभयो ।

Dengue

भवानी माध्यमिक विद्यालयका ५०० विद्यार्थीहरुलाई पोशाक र १० जना विद्यार्थीलाई छात्रबृति उपलब्ध गराउनु भएकोमा संगम पब्लिकेसन्स काठमाण्डौंका प्रबन्ध निर्देशक सहदेव प्रसाद(एसपी) सापकोटा र अमेरिका निवासी उहाँका दाई बसन्त सापकोटालाई सोही समारोहमा सायल गाउँपालिकाका तर्फबाट अभिनन्दन गरिएको थियो ।

बुधवार एक समारोहका बीच पत्रकार दीर्घराज उपाध्यायको अगुवाईमा भवानी माध्यमिक विद्यालयका ५०० बिद्यार्थीहरुलाई पोशाक, झोला, १० जना विद्यार्थीलाई छात्रबृति प्रदान गर्नुका साथै पुस्तकालय स्थापनाका लागि दुई सयभन्दा बढि किताव हस्तान्तरण गरिएको थियो । उक्त अभियानको अगुवाई गर्नुहुने पत्रकार उपाध्याय र विद्यालय पोशाक सहयोग गर्ने समाजसेवी सापकोटा दाजुभाइ र पोशाक सिलाई खर्च प्रदान गर्ने बरिष्ठ उद्योगपति अग्रवाल लगायत अन्य सहयोगी संघसंस्था र व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

सोही समारोहमा पुस्तकालय, छात्रबृति र झोला लगायतका सामग्री प्रदान गर्ने एलआरआई काठमाण्डौंका संस्थापक शिवराज पन्त, समाजसेवी मधु पाठक, चैतन्य पाठशाला तथा चैतन्य एकेडेमी धनगढीका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद जोशी, ज्योती आयल स्टोरका सञ्चालक जय ठाकुर, चौलानी डे«स हाउसका सञ्चालक भीम बहादुर साँउद, सुधा व्याग हाउस धनगढीका सञ्चालक यमनाथ सिग्देल, बाल्मिकी ईन्टरनेशनल धनगढी, पर्यटन व्यवसायी अमर बहादुर शाही(काठमाण्डौं), हिक्मत थापा (नाईजेरिया),खेमराज उपाध्याय(धनगढी) र तिर्थराज जोशी(काठमाण्डौ) लाई कदर पत्र सहित सायल गाउँपालिका र भवानी माध्यमिक विद्यालयले सम्मान गरिएको थियो ।

डोटीको भवानी माविका पाँच सय विद्यार्थीलाई पोशाक, झोला र छात्रबृति प्रदान डोटी, ७ असार । डोटीको सायल गाउँपालिका–२ स्थित भवानी माध्यमिक विद्यालयका पाँच सय विद्यार्थीहरुलाई बुधवार विद्यालय पोशाक, झोला वितरण गरिनुका साथै १४ जना विद्यार्थीलाई छात्रबृति वितरण गरिएको छ । बुधवार भवानी माध्यमिक विद्यालयमा आयोजित एक समारोहमा पत्रकार दीर्घराज उपाध्यायको अगुवाईमा विद्यालयमा अध्ययनरत शतप्रतिशत विद्यार्थीलाई पोशाक, झोला र छात्रबृति वितरण गरिएको हो । सोही समारोहमा विद्यालयमा पुस्तकालय स्थापनाका लागि करीव दुई सय पुस्तक समेत प्रदान गरिएको थियो ।

संगम पब्लिकेसन्स काठमाण्डौंका प्रबन्ध निर्देशक सहदेव प्रसाद (एसपी) सापकोटाले बिद्यार्थीहरुको पोशाकको कपडा र सुदूरपश्चिमका बरिष्ठ उद्योगपति तथा समाजसेवी ओम प्रकाश अग्रवालले पोशाक सिलाईको खर्च सहयोग गर्नुभएको थियो । त्यस्तै विद्यार्थीहरुलाई झोला तथा पुस्तकालय स्थापनाका लागि पुस्तक सहयोग गर्ने एलआरआई काठमाण्डौंका संस्थापक शिवराज पन्त, चैतन्य पाठशाला तथा चैतन्य एकेडेमी धनगढीका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद जोशी, बाल्मिकी ईन्टरनेशनल स्कुलका अध्यक्ष दिनेश राज भण्डारी, ज्योती आयल स्टोरका सञ्चालक जय ठाकुर, सुधा व्याग हाउसका सञ्चालक यमनाथ सिग्देल, पर्यटन व्यवसायी अमर बहादुर शाही(काठमाण्डौं), हिक्मत थापा (नाईजेरिया),खेमराज उपाध्याय(धनगढी) र तिर्थराज जोशी(काठमाण्डौ) लाई कदर पत्र प्रदान गरिएको थियो ।

सोही समारोहमा नेपाली काँग्रेसका महासमिति सदस्य पदम राज जोशीले डोटीको सायल गाउँपालिका– २ स्थित भवानी माध्यमिक विद्यालयलाई एक लाख ११ हजार एक सय ११ रुपैया सहयोग गर्नुभयो । नेपाली काँग्रेसका नेता जोशीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर सिंह र प्रधानअध्यापक खड्क बहादुर सिंहलाई एक लाख ११ हजार एक सय ११ रुपैयाको चेक हस्तान्तरण गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले आर्थिक अवस्था कमजोर भएका र विद्यालय पोशाक र झोला समेत नभएर पठन पाठनमा कठिनाई झेलिरहेका विद्यार्थीहरुलाई पोशाक, झोलासंगै छात्रबृति प्रदान गरिएकोमा आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि पत्रकार दीर्घराज उपाध्यायले आर्थिक अवस्था कमजोर भएका कारण पोशाक, झोला र स्टेशनरी लगायतका सामग्री जुटाउन नसेकका विद्यार्थीहरुलाई पठ्न पाठनमा सहयोग पु¥याउने उद्देश्यले पोशाक, झोला, पुस्तकालय र छात्रबृति प्रदान गर्न अभियान सञ्चालन गरेको बताउनुभयो । उपाध्यायले झोला, पोशाक, र छात्रबृतिसंगै पुस्तकालयका लागि पुस्तक प्रदान गर्ने सम्पूर्ण संघसंस्था र मनकारी व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार