पाटन नगरपालिकाले दियो काम अलपत्र छाड्ने ठेकेदारलाई साढे २ करोड बढी पेश्की

बैतडी: बैतडीको पाटन नगरपालिकाले काम बीचमै अलपत्र छाड्ने निर्माण कम्पनीका ठेकेदारलाई पेश्की वाफत २ करोड ५६ लाख रकम भुक्तानी गरेको पाइएको छ।

ठेक्का अवधिभित्र ठेक्का कार्य सम्पन्न गर्नुपर्नेमा १५ शैया अस्पताल भवनको कार्य २०८० चैत ३० गते भित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरेका छ। १६ करोड २५ लाख पाँच हजार ४७६ मा अस्पताल भवन निर्माणका लागि सिनर्जी प्रधान जेभी नयाँ वानेश्वरसँग सम्झौता गरिएको थियो। तर अहिलेसम्म ६५ लाख ४४ हजार ९३ रुपयाँ बराबरको मात्र अस्पताल भवनको काम भएको छ।

सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ र ६३ सार्वजनिक खरिद नियमावली २०६४ को नियम १२० (११) र १२८ अनुसार ती ठेक्काको पेश्की जमानी प्राप्त गर्ने, ठेक्का अंकको बढीमा १० प्रतिशतसम्म पूर्वनिर्धारित क्षतिपुर्ति लगाउने, ठेक्का तोड्ने, कार्यसम्पादन जमानी प्राप्त गर्ने, कालोसूचीमा राख्ने र काम पुरा गर्न अपुग रकम भराउने व्यवस्था छ।

Dengue

नगरपालिकाले आर्थिक व्यवस्थापन तथा सम्पती हस्तान्तरण सम्वन्धि निर्देशिका २०७४ को निर्देशन नम्बर ५.१५विपरीत नगरपालिकाले तीनवटा मोटरसाइकल खरिदको नाममा ९ लाख ७५ हजार ६९० रुपयाँ खर्च गरेको छ। जबकी नेपाल सरकारबाट उपलब्ध गराइएको बजेटबाट कार्यालयको नियमित प्रयोजनको लागि सवारीसाधन खरिद गर्न नपाइने व्यवस्था छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार