६० किलो सुन तस्करीमा संलग्न चिनियाँ राजु भोटेको साथबाट पेस्तोल बरामद

काठमाडौँ : हङकङबाट ल्याएको ६० किलो सुन तस्करीमा संलग्न आरोपीको साथमा पेस्तोल भेटिएको छ । सुन तस्करीबारे दोस्रो चरणको अनुसन्धानको क्रममा सीआईबीले चिनको छेन्दु घर भएका कङ्का चासीलाई केही दिनअघि नियन्त्रणमा लिएको थियो ।

तस्करीको दुनियाँमा राजु भोटे र टासी नामबाट परिचित उनको साथबाट पेस्तोल बरामद गरिएको सीआईबीका एक जना अधिकृतले रातोपाटीलाई बताए । उनको साथबाट अनुसन्धान अधिकृतहरूले ६ दशमलव ३५ एमएमको माउजर बरामद गरेका छन् ।

Dengue

राजु भोटेसहित १८ जनालाई सीआईबीले दोस्रो चरणको अनुसन्धानको क्रममा नियन्त्रणमा लिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार