कृष्णपुरले लागत अनुमान बिनै भुक्तानी ग-यो ४७ लाख, २ शिर्षकमा पार्टीको नाम छैन !

अत्तरिया : कञ्चनपुरको कृष्णपुर नगरपालिकाले लागत अनुमान बिनै विभिन्न शिर्षकमा ४७ लाख भन्दा बढी रकम भुक्तानी गरेको देखिएको छ । महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को लेखापरिक्षण प्रतिवेदनमा नगरपालिकाले लागत अनुमान बिनै ४७ लाख ३६ हजार ९१५ रुपैया खर्च गरेको देखिएको हो ।

सार्वजनिक खरिद ऐनको दफा ५ को १ मा सार्वजनिक निकायले कुनै पनि खरिदको लागी तोकिए बमोजिम लागत अनुमान तयार गर्नुपर्ने व्यवस्था गरेको छ । तर कृष्णपुरले भने कार्यालयबाट खरिद गरी भुक्तानी गरिएका कोटेशनका कार्यको लागत अनुमान तयार नगरि सोझै कोटेशन माग गरेर भुक्तानी गरेको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Dengue

कृष्णपुरले अल्ट्रासाउण्ड मेसिन खरिदका लागि योमना मेडिशनलाई ४ लाख ९८ हजार रुपैया भुक्तानी गरेको छ भने वडा नं. ३ कार्यालयमा एसी जडान भन्दै मल्टी ट्रेडर्स एण्ड सप्लायर्सलाई ३ लाख २४ हजार ७६२ रुपैया भुक्तानी गरेको छ । त्यस्तै नगरपालिकाले मोटरसाईकल खरिदका लागि भन्दै स्वेता ट्रेडिङ कन्सर्नलाई ३ लाख ४७ हजार ९ सय रुपैया, फर्निचर तथा फिक्चर्स खरिद भन्दै शिवशक्ति फर्निचर्स एण्ड स्टिल उद्योगलाई ९ लाख ७० हजार ५५ रुपैया र ल्यापटप डेस्टप खरिद भन्दै उग्रतारा ट्रेड सप्लायर्सलाई ७ लाख ९७ हजार ४९९ रुपैया भुक्तानी गरेको छ ।

त्यतिमात्रै नभई नगरपालिकाले पार्टीको नाम नै उल्लेख नगरी नगरपालिकामा सिसि क्यामेरा जडान भन्दै ८ लाख ४१ हजार ९ सय र नगरपालिका भित्रका विद्यालयमा ई–हाजिरी जडान शिर्षकमा ९ लाख ५६ हजार ७९९ रुपैया भुक्तानी गरेको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनले माथि उल्लेखित नामहरु केही उदाहरण मात्रै भएको र यस्ता अन्य शिर्षकहरुमा पनि बजेट भुक्तानी भएको बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार