कैलाली अनेरास्ववियुले ग¥यो १७ औँ अधिवेशनको लोगो सार्वजनिक

सुखड : नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु कैलालीको १७औँ जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरिएको छ । शुक्रवार सुखडमा पत्रकार सम्मेलन गरेर अनेरास्ववियुले लोगो सार्वजनिक गरेको हो ।

‘शिक्षा क्षेत्रमा भइरहेको ब्यापारीकरण र दलालीकरण विरुद्धको आन्दोलनमा हाम्रो जोड संविधानले ग्यारेन्टी गरेको निःशुल्क र अनिवार्य शिक्षा कार्यान्वयनमा हाम्रो अठोट’ भन्ने मूल नाराका साथ सुखडमा असार ७ र ८ गते अधिवेशन हुँदै छ ।

अधिवेशनलाई सम्बोधन गर्न अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडाल आउने कार्य तालिका रहेको बताईएको छ । एमाले कैलालीका सचिव ममता प्रसाद चौधरी, सचिवालय सदस्य खगेन्द्र ठकुल्ला, घोडाघोडी नगर कमिटीका अध्यक्ष हेम सापकोटा, नगर उप–सचिव गगन कठायत लगायत नेताहरूको उपस्थितिमा लोगो सार्वजनिक गरीएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार