काठमाडौं : बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म ‘पुष्पा-२’ को प्रदर्शन मिति सरेको छ। आगामी अगस्ट १५ बाट रिलिज हुने भनिएको अल्लु अर्जुन स्टारर फिल्मको डेट सारिएको हो।
एक रिपोर्ट अनुसार, छायाङ्कन पूरा नहुँदा ‘पुष्षा(द रूल’ अगस्ट १५ मा रिलिज नहुने बताइएको छ। यस फिल्मका लागि छायांकनका लागि थप समय आवश्यक छ।
निर्देशक सुकुमारको टिमले फिल्मको लागि केही दृश्य पुनः डिजाइन गरेका छन् जसको सुटिङ चलिरहेको छ। साथै फिल्ममा खलपात्रको भूमिकामा रहेका अभिनेता फहद फासिलले हालैमात्र आफ्नो सुटिङ मितिबारेबारे जानकारी पाए। र, अहिले सुटिङ गरिरहेका छन्।
सुटिङ लम्बिदा फिल्मको फिल्मको पोस्ट प्रोडक्सनमा पनि समय लाग्ने निश्चित छ। जसकारण निर्माणटिमलाई अगस्ट १५ मा फिल्म रिलिज गर्न मुस्किल छ। यद्धपी, नयाँ प्रदर्शन मितिबारे औपचारिक घोषणा भएको छैन।
‘पुस्पा २स् द रुल’ १५ अगस्टमा रिलिज नहुँदा रोहित शेट्टीको ‘सिंघम अगेन’ र ‘खेल खेल’ लाई फाइदा मिल्नेछ। किनकी यी फिल्मपनि भारतको स्वतन्त्रता दिवसमा रिलिज हुँदैछन्। यसअघि भने पुष्पाको सिक्वेलबाट बच्न रोहितको ‘सिंघम अगेन’ को रिलिज डेट दिवालीसम्म सरेको खबर आएको थियो।
सुकुमारको लेखन र निर्देशन रहेको फिल्ममा अल्लु र रश्मिकासहित फरद फासिल, धनञ्जय, राव रमेश, सुनिल, अजय घोष लगायतको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्।
१७ डिसेम्बर सन् २०२१ मा रिलिज भएको पहिलो पार्ट ‘पुष्पा-द राइज’ निकै सफल फिल्म हो। सुकुमार निर्देशित यस फिल्मले विश्वभरबाट ३ सय करोड भारु कमाएको उल्लेख छ।


 
                     
			
 
					 
					 
					 
					 
					

 
                     
                     
                     
                     
                     
                    
प्रतिक्रिया दिनुहोस्