सुन तोलाको १ लाख ४४ हजार

काठमाडौं : सुनको भाउले फेरी नयाँ रेकर्ड कायम गरेको छ।  गत जेठ २२ गते १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको भाउले आज पुनः अर्को रेकर्ड कायम गरेको हो।

बिहीबार छापावाला सुनको भाउ १ लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाला सुनको भाउ १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। आज एकैदिन १ हजार ८०० रुपैयाँ बढेपछि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। आज  प्रतितोला चाँदीको मूल्य १ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ३६८ दशमलव ७४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ४३ पैसामा कारोबार भइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार