काठमाडौं : आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत आज बिहान अस्ट्रेलियाविरुद्ध हुने खेलमा ओमानले पहिले फिल्डिङ गर्ने भएको छ ।
ओमानले टस जितेर फिल्डिङ रोज्दै अस्ट्रेलियालाई ब्याटिङको निम्तो दिएको हो । अहिले बिहान सवा ६ बजेदेखि अस्ट्रेलिया र ओमानविरुद्धको खेल हुनेछ । ओमानको यो दोस्रो खेल हो भने जारी विश्वकपमा अस्ट्रेलिया पहिलो खेलका लागि मैदानमा उत्रन लागेको हो ।




प्रतिक्रिया दिनुहोस्