बालेनसँग केपी ओली आक्रोशित

काठमाडौँ :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गिरीबन्धु प्रकरणका विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले लगाएकाे आरोपका कारण आक्रोशित भएका छन्।

बालेनले सोमबार बिहान सामाजिक सञ्जालमा गिरीबन्धु टी स्टेट प्रकरणमा १० हजार करोड रुपैयाँको अपचलन रोक्न एमाले अध्यक्ष ओलीले न्युरोडमा सडक टालेर ध्यान मोड्न खोजेको आरोप लगाएका थिए। बालेनको सो आरोपका कारण ओलीको रिसको पारो उक्लिएको हो।

Galaxy

सोमबार संसद् भवन परिसरमा गिरीबन्धु टी–स्टेटको बारे सञ्चारकर्मीले सोधेको प्रश्नमा ओलीले बालेनलाई सोध्नू भन्दै आक्रोश व्यक्त गरेका थिए। गिरीबन्धु सम्बन्धमा पत्रकारले राखेको जिज्ञासामा ओलीले भन– बालेनलाई सोध्नू। यस विषयमा उनले थप बोलेनन्।

बालेनले सामाजिक सञ्जालमा गिरीबन्धुसँग जोडेर ओलीमाथि गम्भीर आरोप लगाएपछि यसबारे सामाजिक सञ्जालमा दिनैभरि बहस भइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार