सुनको मूल्यले राख्यो रेकर्ड, एकैदिन १७ सयले बढ्यो

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा आज सुनको तोलामा नै १७ सय रुपैयाले वृद्धि भएको छ ।

बिहीबार प्रतितोला एक लाख ४० हजार ५ सयमा कारोबार भएको छापावाला सुन आज १ लाख ४२ हजार २ सय निर्धारण भएको छ भने तेजाबी सुन भाउ पनि बढेको छ ।

Dengue

तेजाबी सुन बुधबार तोलामा १ लाख ३९ हजार ८ सय रुपैयाँमा कारोबार भएकामा आज १ लाख ४१ हजार ५ सयमा कारोबार भएको छ ।

यसैगरी चाँदीको मूल्य भने तोलामा २५ ले घटेको छ। बिहीबार एक हजार ८ सयमा कारोबार भएको चाँदी आज एक हजार ८ सय ७५सयमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार