धनगढीमा निःशुल्क क्यान्सर हेल्थ क्याम्प, वडामै विशेषज्ञ चिकित्सक पुगेपछि स्थानीय खुसी

भक्तराज जोशी

धनगढी : धनगढी उपमहानगरपालिकाले निःशुल्क क्यान्सर हेल्थ क्याम्प सञ्चालन गरेको छ । उपमहानगरपालिकाले वार्षिक कार्यक्रमअनुसार विभिन्न वडामा निःशुल्क क्यान्सर हेल्थ क्याम्प सञ्चालन गरेको हो ।

हाल धनगढी उपमहानगरपालिका ११ मा उक्त क्याम्प सञ्चालन भइरहेको छ । वडा नम्बर ११ मा सञ्चालन भएको उक्त क्याम्पमार्फत करिब डेढ सय स्थानीयले सेवा लिएको वडा नम्बर ११ का वडा सदस्य लालबहादुर महतले बताएका छन् ।

Dengue

वडा सदस्य महतका अनुसार उक्त क्याम्पमा वडा नम्बर ११, ५, १२, १३ र ६ का स्थानीयहरुको सहभागिता रहेको थियो । वडाबासीलाई स्वास्थ्यमा सहज पहुँच र सुलभ उपचारको प्रत्याभूति गराउन क्याम्प सञ्चालन भएको वडा सदस्य महतले बताए ।

बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपूर र धनगढी उपमहानगरपालिकाको समन्वयमा सञ्चालन गरिएको उक्त क्याम्पमार्फत फिजिसियन, स्त्रि तथा प्रसुती तथा क्यान्सरसम्बन्धी परीक्षण तथा परामर्श गरिँदै आएको छ ।

वडामै निःशुल्क रुपमा विशेषज्ञ चिकित्सक सेवा पाएपछि स्थानीयहरु पनि हर्षित बनेका छन् । उनीहरुले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई पनि धन्यावाद दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार