ऐश्वर्या विद्या निकेतनलाई पराजित गर्दै लिटिल फ्लावर बन्यो च्याम्पियन

धनगढी : धनगढीमा सम्पन्न कैलाली यू-१६ अन्तर विद्यालय क्रिकेट च्याम्पियनसिप २०८१ को च्याम्पियन लिटिल फ्लावर स्कुल बनेको छ । फाइनल खेलमा र ऐश्वर्या विद्या निकेतन ७६ रनले पराजित गर्दै लिटिल फ्लावरले च्याम्पियन बनेको हो ।

प्रथम स्थान हासिल गरे संगै लिटिल फ्लावरले ५० हजार पुरस्कार जितेको छ भने ऐश्वर्या द्धितिय स्थान मै सिमित रहदाँ २५ हजार मै चित्त बुझाउनु पर्यो ।

Dengue

जितका लागि पाएको १३५ रनको लक्ष्य पछ्याएको ऐश्वर्या १८.४ ओभरमा ५८ रनमा अलआउट भयो। उसका कुनै पनि ब्याटरले सम्झन लायक प्रदर्शन गर्न सकेनन् ।

लिटिल फ्लावरका सचिन भट्ट,दिनेश महरा र विक्की सिंहले २/२ विकेट लिए। यसअघि फाप्ला मैदानमा पहिला ब्याटिङ गरेको लिटिल फ्लावरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३४ रन बनायो।

जसमा सचिन भट्टले अविजित ५८ रन बनाए।  ऐश्वर्याका अविरल विकले ३ विकेट हात पारे। कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा वैशाख ३० गतेदेखि प्रतियोगिता सुरु भएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार