बझाङ : बझाङको बित्थडचिर गाउँपालिकाको नब निर्मित प्रमुख प्रशासकीय भवनको काम अन्तिम चरणमा पुगेको छ । लामो समय पुरानो र साधँुरो भवनबाट सेवा प्रवाह गर्दा उत्कृष्ट सेवा प्रवाह गर्न नसकिएको र अब सुविधा सम्पन्न भवन निर्माण भएपछि पहिलेको भन्दा सहज हुने प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर बिष्टले बताए।
उनले भने’ नब निर्मित भवनको अहिले फिनिसिङ गर्ने कार्य भइरहेको र अब केही दिनमै नया भवन बाट सेवा प्रवाह हुनेछ । उक्त भवनको लागत ८ करोडमा ठेक्का भइ ६ करोडमा निर्माण भएको गाउँपालिका अध्यक्ष अम्मर सिंह महरले जानकारी दिनु भयो । भवन निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले समयमै गाउँपालिकाको भवन निमार्णको काम सकेको अध्यक्ष महरले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्