काठमाडौं : नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाको भिसाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाही र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले विभिन्न मन्त्रीलाई भेटेका छन् ।
टी-२० विश्वकप क्रिकेट खेल्न तयार रहेका सन्दीपलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि पहल गरिदिन माग गर्दै राप्रपा प्रमुख सचेतक शाहीले क्यान सचिव खडका साथमा लिएर विभिन्न मन्त्रीलाई भेटेका हुन् ।
उनीहरू दुवैजनाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसँग भेटेर छलफल गरेका छन् ।
शाहीका अनुसार यसबारेमा प्रधानमन्त्रीको सचिवालयलाई पनि टेलिफोन गरेर भिसाका लागि पहल गर्न आग्रह गरिएको बताएका छन् ।
सन्दीपलाई बुधवार अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको थियो । उक्त कुराको पुष्टि सन्दीप आफैंले सामाजिक सञ्जालबाट गरेका थिए ।
सन् २०१९ मा अमेरिकाले भिसा दिन अस्वीकार गर्दा सन्दीपले सामाजिक सञ्जालमा लेखेपछि दूतावासले बोलाएर दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्