सिरोहिया पक्राउ परेपछि ओलीको प्रश्न: मिडिया हाउसका मान्छे गिरफ्तार पर्दा डेमोक्रेसी कसरी खतरामा?

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया गिरफ्तारमा पर्दा लोकतन्त्रमा खतरा नपरेको दाबी गरेको छन्।

बिहीबार झापास्थित् एक सञ्चारमाध्यमलाई अन्तर्वाता दिँदै अध्यक्ष ओलीले कान्तिपुरका अध्यक्ष सिरोहिया गिरफ्तारमा पर्दा लोकतन्त्रलाई कसरी खतरा भएको भन्दै प्रश्न गरेका हुन्।

Dengue

उनले भने,‘उनलाई कुनै जन्मकैद गर्न खोजेको होईन। उनको कुनै, यो सञ्चारमाथिको हमला भनेर, पत्रकारमाथि फौजदारी अभियोग छ या मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ। किन यो समाचार प्रकाशित गर्यो ? किन यस्तो बोल्यो भन्ने विषय त होईन। विषय अर्कै छ। त्यस सम्बन्धमा फौजदारी कुरा होला। त्यस सम्बन्धमा सरकारले छानबिन गर्नुपर्ने देख्यो भने अनि कोही समाउँदाखेरि मन्त्री समाउँदाखेरि, उपप्रधानमन्त्री समाउँदा हल्लिन, कराउन दुनियाँ गर्न नपर्ने? एकजना मिडिया हाउसका मान्छे गिरफ्तार पर्दा डेमोक्रेसी कसरी खतरामा परिहाल्यो त? यो सही वा गलत हो? म त्यता जान चाहन्नँ। टाईमिङ ठिक भयो कि भएन? त्यो बेग्लै कुरा होला। तर, डेमोक्रेसी नै खतरामा परिहाल्यो त? अब के सञ्चारका हकहरु खोसिएकै हुन त? यस्तो मिसइन्टरप्रेटेशन, गलत व्याख्या उपयुक्त हुँदैन्। जे यथार्थ हो, त्यही गर्नु राम्रो हो।”

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार