सुदुरपश्चिम प्रदेशमा अझै मन्त्री मण्डल विस्तार हुन सकेन !

धनगढी : सुदुरपश्चिम प्रदेश सरकारमा मुख्यमन्त्री नियुक्त भएको एक महिना भन्दा बढि बितिसक्दा पनि मन्त्री मण्डलकोे टुङ्गो लागेको छैन।

गठबन्धनबाट सुदुरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त भएका दीर्घ बहादुर स्वराडीले विश्वासको मत पाइसकेको पनि हप्तौँ भई सकेको छ । अहीले सम्म कुन दलले कुन मन्त्रालय पाउने भन्ने कुरा अन्यौल मै देखिन्छ।

Dengue

सत्तारुढ दलहरू अझैं सरकार विस्तारको विषयमा छलफलमै जुट्न सकेका छैनन् ।

केन्द्र बाट अर्को निर्देशन नजाउञ्जेल सम्म तत्काल प्रदेश सरकारमा सहभागी नहुने भनेको हुँदा अहिले सम्म कुनै पनि अर्को निर्देशन नआएकोले केन्द्रको निर्देशनलाई पर्खी रहेको नेकपा एमाले प्रदेश सभाका प्रमुख सचेतक सुरेन्द्र बहादुर पालले बताए।


त्यस्तै माओवदी केन्द्रका पुर्व मन्त्री तथा संसद रमेश धामिले सत्ता गठबन्धन पाटी बिच छलफल चलिरहेको र १\२ दिन भित्र प्रदेश सरकारले पुर्णता पाउने कुरा व्यक्त गरे ।

बैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएर जेठ ३ गते विश्वासको मत लिएका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले मुख्यमन्त्री सँगै आर्थिक मामिला, सामाजिक विकास, आन्तरिक मामिला र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय समालेका छन्।

नाउपाका कैलाश चौधरी भौतिक पूर्वाधार विकासमन्त्री र टीका थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारीमा छन् ।मन्त्री मण्डल विस्तार नहुँदा प्रदेश सरकारका काम कारबाही प्रभावकारी हुन सकेको छैन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार