सुनको मुल्य घट्यो चाँदीको कति ?

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला ९ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १२ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४० हजार ६ सय रुपैयाँ कायम भएको छ ।  

Dengue

अघिल्लो दिन सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन सुनको मूल्य छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य पनि १२ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३९ हजार ९ सय रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन तेजावी सुनको मूल्य ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ५५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८८५ रुपैयाँ कायम भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार