सहकारी प्रकरण छानबिनका लागि समिति बनाउनैपर्छ : नेकपा समाजवादी

काठमाडौँ : सत्तारुढ नेकपा एकीकृत समाजवादी पनि सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउनैपर्ने पक्षमा उभिएको छ। ललितपुरको बालकुमारीमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले सहकारीमा राखिएको सर्वसाधारणको रकम फिर्ता तथा दोषीमाथि कारबाहीका लागि समिति बनाउनुपर्ने निष्कर्ष निकालेको हो। 

बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सहकारी संस्थाले अधिकारको दुरुपयोग गरेको बैठकको निष्कर्ष सुनाए।

Seti Hospital

‘कतिपय सहकारी संस्थाले अधिकारको दुरुपयोग गरी सर्वसाधारण जनताको बचत अपचलन गरेर ठूलो धनराशि दुरुपयोग गरेर आर्थिक तथा वित्तीय अपराध गरेका दुःखद घटना सार्वजनिक भइरहेका छन्’, उनले भने, ‘यो सन्दर्भमा गृहमन्त्रीको समेत संलग्नताको समाचार प्रकाशित भएको छ। यो बैठक समग्र समस्या समाधानका लागि छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्छ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार