बझाङ : बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना अन्तिम चरणमा पुगेको छ । अस्ति शनिवार भएको उपचुनावमा ३० हजारभन्दा धेरै मतदान भएकोमा अहिलेसम्म २५ हजारभन्दा धेरै मतगणना भैसकेको छ । त्यहाँ नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका अभिषेक सिंहलाई ९ मतले पछि पार्दै एमालेका दमन भण्डारीले अग्रता बनाएका हुन् ।

प्रतिक्रिया दनुहोस्