गर्मीमा छालालाई जोगाउने आठ तरिका

कैलाली : मौसम परीवर्तन संगै मानिसको शरिरमा पनी परिर्वतन देखिनु स्वभाविक हो । चिसोको समयमा छाला सुख्खा तथा गर्मि मौसममा छाला कालो हुने गर्दछ । घामबाट बच्न निम्न उपाय अपनाउदा तपाईको छाला सुरक्षित रहन सक्छ ।

– बाहिरबाट घर आएपछि फेसवास वा क्लिन्जिङ गर्ने । नुहाएपछि नरिवलको तेल लगाउने । अनुहार धोएपछि मस्चराइजर लगाउने ।

Dengue

– हावाहुरी चल्ने मौसममा छाला सुक्खा हुन नदिने । छाला जोगाउन शरीर ढाकेर घरबाहिर निस्कने । नियमित मस्चराइजर लगाउने । जेल बेस मस्चराइजर अर्थात् सन ब्लक प्रयोग गर्ने ।

– सुक्खा छाला छ भने क्रिम बेसमा मस्चराइजर प्रयोग गर्ने ।

– गर्मी मौसममा धेरै तातोपानीले ननुहाउने । मनतातो पानी प्रयोग गर्ने ।

– छालामा समस्या देखिए छालारोग विशेषज्ञसँग परामर्श लिने ।

– राति सुत्ने वेला मुख धोएर सधैँ मस्चराइजर लगाउने ।

– मानसिक र शारीरिक रूपमा सन्तुष्ट र खुसी रहने । नियमित व्यायाम गर्ने । व्यायामले पसिनामार्फत शरीरका विकारबाहिर निकाल्छ । शरीर ऊर्जाशील र अनुहार सफा बनाउँछ ।

– खानपानमा विशेष ध्यान दिने । फलफूल खाने, पर्याप्त पानी पिउने ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार