प्लेन चार्टर्ड गरेर जुम्ला गए दुर्गा प्रसाईं


नेपालगञ्ज- ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति, नागरिक बचाऊ महाअभियान’का संयोजक दुर्गा प्रसाईं प्लेन चार्टर्ड गरेर जुम्ला गएका छन्।

नेपालगञ्जमा एक दिन बसेका प्रसाईं १८ जनाको टोलीसहित समिट एयरको जहाजमा बिहीबार बिहान जुम्ला गएका हुन्।

जुम्लामा प्रसाईंको आमसभा रहेको छ। त्यहाँ उनले तस्करको नाम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।

कोहलपुरस्थित एक होटलमा बास बसेका प्रसाईंले निकटसँग २३ गते बर्दिया र २४ गते दाङ जिल्लाको कार्यक्रम सकेर भारत जाने बताएका छन्। भारतमा गएर उनले त्यहाँका गृहमन्त्रीसँग भेट्ने बताएका छन्।

व्यवस्था परिवर्तन गर्न भारतले आफूलाई साथ दिएको निकटस्थसँग बताएका प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहले आँट गर्न नसकेको टिप्पणी गरेको स्रोतले बतायो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार