रास्वपाको कोर टिम सहकारी ठगीमा, डोर टिम ढाकछोपमा र पुअर टिम फेसबुकमा सक्रिय छः विश्वप्रकाश शर्मा

 काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीभित्र तीनवटा टिम रहेको टिप्पणी गरेका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले रास्वपाको कोर टिम सहकारी ठगीमा संलग्न, डोर टिम ढोकामा बसेर ढाकछोप गर्न र पोर टिम रास्वपा जिन्दावाद भन्दै फेसबुकमा हल्लाखल्ला गर्न संलग्न रहेको टिप्पणी गरेका हुन् ।

‘त्यहाँभित्र एउटा कोर टिम रहेछ । जुन यो गतिविधिमा संलग्न छ । त्यहाँभित्र अर्को डोर टिम रहेछ, जो ढोकामा बसेर ढाकछोप गर्छ , कोर टिम छ भित्र गएर काम गर्छ । अनि पुअर टिम जो देशभर रास्वपा जिन्दावाद भनेर भनेर फेसबुकमा लेखिरहन्छ,’– उनले भने ।

SHIKHAR COOL TECH

साथै, जिबी राईसहितको समूहले देशका पाँच ठूला सहरमा नियोजित रुपमा ‘स’ बाट नाम आउने पाँच वटा सहकारी खडा गरेर ५० हजार भन्दा बढी बचतकर्ताको रकम अपचलन गरेको उनको दाबी छ । ती पाँच सहकारीबाट गोरखा मिडियामा ८० करोड रुपैयाँ लगानी भएको उनको दाबी छ ।

महामन्त्री शर्माले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफूहरु संसदीय समितिमा खुल्ला बहस गर्न तयार रहेको बताए । केही दिनअघि लामिछानेले कांग्रेससँग बहस गर्न कहाँ आऊँ ? भनि सार्वजनिक कार्यक्रममा प्रश्न गरेका थिए । अन्य ठाउँमा नभएर आफूहरु संसदीय छानविन समितिमा बहस गर्न तयार रहेको महामन्त्री शर्माले जवाफ दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार