रास्वपाको कोर टिम सहकारी ठगीमा, डोर टिम ढाकछोपमा र पुअर टिम फेसबुकमा सक्रिय छः विश्वप्रकाश शर्मा

 काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीभित्र तीनवटा टिम रहेको टिप्पणी गरेका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले रास्वपाको कोर टिम सहकारी ठगीमा संलग्न, डोर टिम ढोकामा बसेर ढाकछोप गर्न र पोर टिम रास्वपा जिन्दावाद भन्दै फेसबुकमा हल्लाखल्ला गर्न संलग्न रहेको टिप्पणी गरेका हुन् ।

‘त्यहाँभित्र एउटा कोर टिम रहेछ । जुन यो गतिविधिमा संलग्न छ । त्यहाँभित्र अर्को डोर टिम रहेछ, जो ढोकामा बसेर ढाकछोप गर्छ , कोर टिम छ भित्र गएर काम गर्छ । अनि पुअर टिम जो देशभर रास्वपा जिन्दावाद भनेर भनेर फेसबुकमा लेखिरहन्छ,’– उनले भने ।

Dengue

साथै, जिबी राईसहितको समूहले देशका पाँच ठूला सहरमा नियोजित रुपमा ‘स’ बाट नाम आउने पाँच वटा सहकारी खडा गरेर ५० हजार भन्दा बढी बचतकर्ताको रकम अपचलन गरेको उनको दाबी छ । ती पाँच सहकारीबाट गोरखा मिडियामा ८० करोड रुपैयाँ लगानी भएको उनको दाबी छ ।

महामन्त्री शर्माले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफूहरु संसदीय समितिमा खुल्ला बहस गर्न तयार रहेको बताए । केही दिनअघि लामिछानेले कांग्रेससँग बहस गर्न कहाँ आऊँ ? भनि सार्वजनिक कार्यक्रममा प्रश्न गरेका थिए । अन्य ठाउँमा नभएर आफूहरु संसदीय छानविन समितिमा बहस गर्न तयार रहेको महामन्त्री शर्माले जवाफ दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार