दर्जनौँ कानुन फास्ट ट्र्याकबाट संशोधन गर्दै सरकार

काठमाडौं :  सरकारले दर्जनौँ कानुन फास्ट ट्र्याकबाट संशोधन गर्ने तयारी गरिरहेको प्रवक्ताले जानकारी दिएकी छन् ।  सूचना, सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले दर्जनभन्दा बढी कानुनहरू फास्ट ट्र्याकबाट संशोधन गर्ने तयारीमा जुटेको जानकारी दिएकी हुन् । 

नेपाल इटाली च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको १० औँ वार्षिक साधारणसभामा शुक्रबार उनले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा पनि वैदेशिक लगानी ल्याउन ऐन, कानुनहरू असहज रहेको भन्ने छलफल भएको भन्दै, दर्जनभन्दा बढी कानुनहरू फास्ट ट्र्याकबाट संशोधन गर्ने तयारी गरिरहेको जानकारी दिइन् । 

Dengue

शर्माले भनिन्, ‘हिजोको मन्त्रिपरिषद्को बैठकमा पनि के कुरा भएको छ भने, कयौँ हाम्रो वैदेशिक लगानीलाई ल्याउनका लागि हाम्रा ऐन, कानुन र नीति नियमहरू केही अलि असहज र अप्ठ्यारा छन् भन्ने कुरा पनि भएको छ । हामीले दर्जनभन्दा बढी कानुनहरू फास्ट ट्र्याकबाट संशोधन गर्ने भनेर तयारी गरिरहेका छौँ ।’ 

मन्त्री शर्माले नेपाल प्राकृतिक सांस्कृतिक र सबै खाले पर्यटनमा विश्वको आकर्षक गन्तव्य स्थल रहेकोले पर्यटकको सङ्ख्या गुणात्मक रूपमा बढाउन आवश्यक रहेको बताइन् । संस्थालाई इटालीसँगको दुईपक्षिय व्यापार अभिवृद्धि गरी नेपालमा थप लगानी गर्न इटालियनहरूलाई थप उत्साहित गर्ने कार्य योजना अगाडि सार्न उनको आग्रह छ । 

उनले भनिन्, ‘प्राकृतिक सांस्कृतिक र साहसिक सबै खाले पर्यटनमा विश्वको आकर्षक गन्तव्य स्थल रहेको हाम्रो देशमा पर्यटकको सङ्ख्या गुणात्मक रूपमा बढाउन आवश्यक छ । दुई पक्षिय व्यापार अभिवृद्धि र पर्यटन प्रवर्द्धन सँगसँगै नेपालमा इटालीबाट लगानी भित्र्याउन काम गर्दै आएको यो संस्थाले इटालियनहरूको लागि थप लगानी गर्न उत्साहित गर्ने थप कार्य योजना अगाडि सार्न आग्रह गर्दछु ।’ 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार