फोहोरले कालो भएको घाँटी यसरी सफा गर्नुहोस् !

एजेन्सी : भागदौडपूर्ण जीवनमा तपाईंले पर्याप्त समय दिएर शरीरको सफाई गर्न पाउनुहुन्न । जसले गर्दा शरीरका विभिन्न भागमा मैला जम्मा भइरहेको हुन्छ ।

त्यस्तै एउटा स्थान हो घाँटी, जहाँ मैलो थुप्रिँदै जाँदा रंग नै कालो हुन थाल्छ । विभिन्न उपायले तपाईं त्यस्तो घाँटी सफा गर्न सक्नुहुन्छ ।

Dengue

मह

दुईदेखि तीन चम्चा महमा दुई चम्चा कागतीको रस मिसाउनुहोस् । यो पेस्टलाई घाँटीमा पाँच मिनेटका लागि लगाएर छोड्नुहोस् । त्यसपछि यसलाई हल्का हातले मालिस गर्दै हटाउनुहोस् ।

बेसन

घाँटीको मैलो हटाउन एक चम्चा बेसन लिएर त्यसमा आधा चम्चा कागतीको रस र पानी मिसाएर पेस्ट बनाउनुहोस् । यसलाई घाँटीमा लगाएर सुक्न दिनुहोस् र धुनुहोस् ।

दुध

दुई चम्चा दुधमा एक चम्चा बेसन मिसाएर पेस्ट तयार गर्नुहोस् । अब यसमा एक चिम्टी बेसार मिसाउनुहोस् । यो प्याकलाई आफ्नो कालो भएको घाँटीमा लगाउनुहोस् । केहीबेरमा सुकेपछि त्यसलाई घोटेर सफा गर्नुहोस् ।

एलोभेरा जेल

घाँटीको मैलो सफा गर्नका लागि तपाईं एलोभेरा जेलले मालिस पनि गर्न सक्नुहुन्छ । यो छालाको कालोपनबाट छुट्कारा दिनका लागि एकदमै प्रभावकारी हुन्छ ।

काँक्रा

काँक्रालाई मसिनो पेस्ट बनाउनुहोस् । अब यसमा एक चम्चा गुलाब जल मिसाउनुहोस् । यसलाई आफ्नो घाँटीमा मालिस गरेर सफा गर्नुहोस् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार