निजामती विधेयक आज संसदमा पेश हुने

काठमाडौं : बहुप्रतिक्षित संघीय निजामती विधेयक आज प्रतिनिधि सभामा पेश हुने भएको छ। 

बिहान ११ बजे बस्ने बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले विधेयक पेश गर्नेछन्। लामो समयदेखि रोकिएको संघीय निजामती सेवाको गठन, संचालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गत फागुन २१ गते तत्कालीन सामान्य प्रशासन मन्त्री अनिता देवीले संसदमा दर्ता गरेकी थिइन्।वि​विधेयकमा सरकारी जागिरमा भर्ति हुन पाउने उमेरको सीमा घटाइएको छ।

SHIKHAR COOL TECH

आजको बैठकमा संघीय निजामती विधेयक प्रस्तुत गर्ने, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्नेलगायतका कार्यसूची रहेको संघीय संंसद सचिवालयले जनाएको छ।

बैठकमा सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई शुरुमा निर्णयार्थ प्रस्तुत गर्ने र त्यसपछि संघीय मामिला  तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सो विधेयक प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ। 

यस्तै मन्त्री जोशीले नै ‘निमाणमुखी सामग्री ( ब्यवस्थापन तथा नियमन) विधेयक, २०८० माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। आजको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामथि छलफल प्रारम्भ गरिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार