काठमाडौं: महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी अमेरिका भ्रमण नजाने भएकी छन् ।
संयुक्त राष्ट्र संघको आयोजनामा न्युयोर्कमा हुने ‘कमिसन अन दि स्टाटस अफ वुमन’ को ६८ औं सत्रमा भाग लिन मन्त्री चौधरी जाने कार्यक्रम तय भएको थियो । गत फागुन २४ मा बसेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृति समेत दिइसकेको थियो । तर, मन्त्री चौधरीको भ्रमण स्थगित भएको छ ।
तर, प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार विश्वासको मत लिने तयारी गरेकोले उनको भ्रमण रोकिएको बताइएको छ ।
मन्त्रीको भ्रमण रोकिएपछि, यसलाई राजनीतिक वृतमा अर्थपूर्ण रुपमा हेरिएको छ । मन्त्री नजाने भएपछि उक्त कार्यक्रमका लागि चौधरीको भ्रमण स्थगित भएपछि मन्त्रालयका सचिव सुमनराज अर्यालको नेतृत्वको टोली न्युयोर्क प्रस्थान गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्