उम्मेदवार टुंगो लगाउन माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार आज टुंगो लगाउने भएको छ। 

आज साँझ ५ बजे बालुवाटारमा बस्ने पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाउने सचिव देवेन्द्र पौडेलले जानकारी दिए। नयाँ सत्ता समीकरण बनेपछि माओवादीले राष्ट्रियसभाको अध्यक्ष र एमालेले उपाध्यक्ष पाउने सहमति बनेको छ। राष्ट्रियसभामा माओवादी सबैभन्दा ठूलो दल हो। 

Seti Hospital

अध्यक्षको उम्मेदवारमा माओवादीबाट हालकी उपाध्यक्ष उर्मिला अर्याल तथा सदस्यहरु झक्कुप्रसाद सुवेदी र नारायण दाहालको दावी छ। महिला भएको र हाल उपाध्यक्ष रहेका कारण अर्याललाई अध्यक्ष बनाउनुपर्ने पार्टीमा धेरै नेताको जोड रहेको सचिव गणेश साहले बताए। 

यस्तै सुवेदीको ६ वर्षे कार्यकाल रहने भएकोले बलियो दावेदार रुपमा रहेको साहले जानकारी दिए।  पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भाई भएकोे कारण नारायाण दहाललाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने चर्चा रहे पनि पदाधिकारीले छलफल गरेर टुंग्याउने साहको भनाइ छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार