आईसीसी टी–२० वरीयता :भारतीय खेलाडीलाई उछिने नेपाली कप्तान रोहितले ,अलराउण्डरतर्फ दीपेन्द्र २७औँ स्थानमा

काठमाडौँ : भारतीय चर्चित क्रिकेटरहरुलाई समेत उछिनेर नेपालका खेलाडीहरुले विश्वभरिका खेलाडीहरुको वरीयतामा ठूलो फड्को मारेका छन्।

अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो टी–२० आई वरीयताअनुसार ब्याटिङ र अलराउण्डरतर्फ नेपाली खेलाडीहरुले ठूलो उपलब्धि हासिल गरेका हुन्। 

Dengue

भारतीय राष्ट्रिय टोलीका ओपनर ब्याट्सम्यान शुभमन गिल र ईशान किशनलाई पछि पार्दै नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल ब्याटिङतर्फ ५४ औँ स्थानमा उक्लिएका छन्। 

यसअघि ९० औँ स्थानमा रहेको पौडेलले एकैपटक ३६ स्थानको फड्को मार्दै आफ्नो वरीयता माथि उकासेका हुन्। 

राष्ट्रिय टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले पनि ब्याटिङतर्फ ३१ स्थानको फड्को मारेर विश्व वरीयताको ७०औँ स्थानमा उक्लिएका छन्।

अलराउण्डरतर्फ पनि ऐरीले ४८ स्थानको फड्को मार्दै २७औँ स्थानमा उक्लिएका छन्। 

विश्व वरीयताको अलराउण्डरतर्फ नै कुशल मल्ल ३५औँ,  गुलशन झा ७२औँ र करण केसी ८१औँ स्थानमा उक्लिएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार