रातमा गर्नुहोस् यी अंगको मालिस र हेर्नुहोस् चमत्कार

एजेन्सी : मालिस एउटा थेरापी जस्तै हो जसको प्रयोग वर्षौंदेखि गरिँदै आइएको छ । शारीरिक तथा मानसिक स्वास्थ्यलाई राम्रो बनाउन चाहनुहुन्छ भने रातमा सुत्नुअघि शरीरका दुई हिस्सामा मालिस अवश्य गर्नुहोस् ।
मालिस थेरापीमा तेलले मालिस गरिन्छ र विमारीहरुको उपचार गरिन्छ । यसले हड्डी बलियो हुन्छ साथमा रातमा राम्रो निद्रा लाग्छ र अनुहारमा चमक आउँछ साथमा शरीर कसिलो र चम्किलो हुन्छ ।

रातमा सुत्नुअघि शरीरका दुई अंगलाई मालिस गर्न किन जरुरी छ र कुन तेलले मालिस गर्नु पर्दछ ? यही विषयमा आज हामी आयुर्वेदका विशेषज्ञको विचार जान्नेछौं ।

Dengue

नाकको मालिस
आयुर्वेदमा नाकलाई मस्तिष्कको ढोका मानिएको छ । रातमा सुत्नुअघि नाकको मालिस गर्नुहोस् । त्यसैले यसले मानसिक स्वास्थ्य पनि राम्रो हुन्छ । टाउको दुखेको निको हुन्छ र तनाव कम हुन्छ, जसले गर्दा रातमा निद्रा राम्रो लाग्छ । साथमा रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ ।

नाकको मालिस गर्नका लागि तपाईं तीलको तेल वा घ्यूको प्रयोग गर्न सक्नुहुन्छ । तेलको एक एक थोपा औंलामा लगाएर मालिस गर्नुहोस् ।

कानको मालिस
कानको वरिपरि तेल लगाउँदा रगतको सञ्चार राम्रोसँग हुन्छ, मांसपेशीहरु दुख्न कम हुन्छ किनकी यसले एन्डोर्फिन हर्मोन रिलिज हुन्छ । कानमा तेल लगाउनु दिमागको स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ । कानभित्र भने तेल राख्नु हुँदैन ।

कान मालिस गर्नका लागि थोरै तीलको तेल वा शुद्ध घ्यू लिएर कानमा औंलाको सहयोगले कानको बाहिरी भागमा हल्का गोलाकारमा मालिस गर्नुहोस् । हरेक कानलाई पाँच मिनेटसम्म मालिस गर्न सकिन्छ ।

मालिसबाट धेरै फाइदा पाउनका लागि सही तेल छानेर मात्र मालिस गर्नु पर्दछ । हरेक तेलमा फरक गुण हुन्छन् जसले फरक तरिकाले काम गर्ने गर्दछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार