काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुंगो लगाउन केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज बिहान ८ बजेका लागि बैठक बोलाइएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
जसपाले यसअघि नै सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ । उससँग १५ सङ्घीय सांसद रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्