नयाँ गठबन्धन सरकारमा २० मन्त्रीको टुङ्गो, आजै ५ बजे सपथ

काठमाडौं : सोमबार पुनःगठित सरकारमा नयाँ सत्ता गठबन्धनले २० मन्त्री नाम टुंगो लगाएको छ। ती मन्त्रीहरूले आजै सपथ लिनेगरी राष्ट्रपति कार्यालयले तयारी थालेको छ।

गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले ८, सरकारको नेतृत्व गरिरहेको माओवादीले ६, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ४ र नेकपा (एकीकृत समाजवादी)ले २ नेतालाई मन्त्री बनाउने भएको छ। समाजवादी बाहेक ३ दलले मन्त्री बन्नेको नाम समेत टुंगो लगाइसकेका छन्‌।

Dengue

एमालेले पार्टी सचिव रघुवीर महासेठ नेतृत्वमा पार्टीका आठ नेतालाई मन्त्री बनाउँदैछ । यसअघि नै सपथ लिइसकेका पदम गिरीसहित दामोदार भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारीलाई एमालेले मन्त्री बनाउन लागेको हो।

माओवादीले प्रधानमन्त्री एवम्‌ अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई परराष्ट्रमन्त्री, वर्षमान पुनलाई अर्थमन्त्री बनाउँदैछ। बाँकी दुई मन्त्री शक्तिबहादुर बस्नेत र रेखा शर्माले कुन मन्त्रालयको नेतृत्व गर्ने भन्ने टुंगो लागेको छैन। यसअघि सपथ लिइसकेका हितबहादुर तामाङको पनि मन्त्रालय टुंगो लागेको छैन।

राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रीमा सभापति रवि लामिछानेसहित ४ मन्त्रालयमा पठाउने मन्त्री टुंगो लगाएको छ। सो पार्टीले श्रममा डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।

समाजवादीको सचिवालय बैठकले पनि दुई मन्त्रालय लिएर नयाँ गठबन्धन सरकारमा सहभागी हुने निर्णय गरेको छ। तर, सो पार्टीले पाउने मन्त्रालय र मन्त्री टुंगो लगाइसकेको छैन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार