मन्त्रालय भागबन्डामा सहमतिः कुन मन्त्रालय कस्को भागमा ?

काठमाडौँ : एमाले र माओवादी सहितको सत्ता गठबन्धनले मन्त्रालय भागबन्डामा लगभग सहमति गरेका छन्।

बुधबार दिउँसो बालुवाटारमा बसेको गठबन्धनको बैठकले दलहरूले लिने मन्त्रालय टुंगो लगाएका हुन्।

Dengue

सहमतिअनुसार नेकपा (माओवादी केन्द्र) बाट उपप्रधान तथा परराष्ट्र मन्त्री वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ हुनेछन्। भने, अर्थमन्त्री पनि माओवादीले नै लिने सहमति भएको छ। उपमहासचिव वर्षमान पुनलाई अर्थमन्त्री बनाउने माओवादीको निर्णय छ।

त्यस्तै एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीमा रघुवीर महासेठ बन्ने सहमति भएको छ । त्यस्तै, रास्वपाले लिने मन्त्रालयको पनि टुंगो लागेको छ। 

जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रबि लामिछाने उपप्रधान तथा गृह मन्त्री बन्ने भएका छन् भने, शिक्षा मन्त्रीमा सुमना श्रेष्ठ, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ आउने भएका छन । 

त्यसैगरी, श्रममन्त्रीमा उपसभापति डोलप्रसाद अर्याल बन्ने पक्का भएको छ । यस अघिनै एमालेबाट पदम गिरी, रास्वपाबाट अर्याल र माओवादीबाट हितबहादुर तामाङ मन्त्री भइसकेको छन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार