धनगढी : नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।
आज अमेरिकी डलरसहित केही मुद्राको भाउ हिजोको तुलनामा स्थिर छ । हिजो अमेरिकी १ डलरको खरिद दर १३२.३५ रुपियाँ र बिक्री दर १३२.९५ रहेकामा आज पनि सोही दर कायम रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस दिन अमेरिकी डलरसहित चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल, युएई दिराम, मलेसियन रिंगिट, हङकङ डलरको भाउ भने आइतबारको तुलनामा स्थिर छ ।
त्यसैगरी युरोपियन युरो र पाउन्ड स्टर्लिङ भने बढेको छ । हिजो युरो १ को खरिद मूल्य १४३.१४ र बिक्री १४३.७९ रुपियाँ तोकिएकामा आज खरिद १४३.४५ र बिक्री १४४.१० रुपियाँ छ ।
त्यस्तै, सोमबार पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७.४५ र बिक्री दर १६८.२१ रुपियाँ निर्धारण भएको छ । हिजो भने खरिद १६७.२२ रुपियाँ र बिक्री १६७.९८ रुपियाँ थियो ।
हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?
प्रतिक्रिया दिनुहोस्