किसानको आक्रोस : सडकमै पोखियो दुध

धनगढी : कैलाली, कञ्चनपुर र डडेल्धुराका किसानले असोज १६ देखि दूधको भुक्तानी पाएका छैनन् ।

दुधको भुक्तानी नपाएपछी हिजो किसानले सुदुरपश्चिमको राजधानी अत्तरिया चोकमै दुध सडकमा पोखेर आक्रोस व्यक्त गरेका छन् ।

Seti Hospital

दुध उत्पादक किसानले असोज १६ देखि माघ मसान्तसम्मको ४ करोड ६४ लाख २ हजार ४७३ रुपैयाँ र फागुन १५ गतेसम्मको पाँच करोड बढीको भुक्तानी नपाएका हुन्। किसानहरूले लामो समयसम्म दुग्ध विकास संस्थानबाट दुधको भुक्तानी नपाएको भन्दै बिहिवार कैलालीको अत्तरियामा प्रदर्शन गरिएको छ। अखिल नेपाल किसान महासंघ र दुग्ध उत्पादक किसानले उत्पादन भएको दूध खरिद गर्नुपर्ने र बाँकी रहेको बक्यौता रकम भुक्तानी पाउनुपर्ने माग गर्दै सडकमा दूध पोखेर प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा आएका किसानहरूले आफूहरूले उत्पादन गरेको दूधको उचित मूल्य नपाएको गुनासो गरेका छन्। उनीहरूले उत्पादित दूध सबै बिक्री नहुने र थोरै बिक्री भएको दूधको समेत समयमा दुग्ध विकास संस्थानले भुक्तानी नदिँदा पेशाबाट पलायन हुनुपर्ने अवस्था आएको बताए। दुग्ध विकास संस्थानले दूध खरिद गर्ने सम्झौता गरेर उत्पादित सबै दूध नकिन्ने र किनेको दूधकी पनि भुक्तानी नपाउँदा मर्कामा परेको गुनासो गोदावरीका किसान मोहनराज जोशीले बताए। ‘दुग्ध विकास संस्थानको कारण दूध बिक्री हुन छोडेको छ। एक लाखमा खरिद गरेको भैँसी ५० हजारमा बिक्री गर्न खोज्दा पनि बिक्री नहुने समस्या छ,’ उनले भने, ‘दुग्ध विकास संस्थानले दूधको मूल्य पनि कम दिन्छ भने भुक्तानी पनि ६ महिनादेखि दिएको छैन।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार