साथीले छुरा हाने पछी पोल्याण्डमा राजेशको ज्यान गयो

धनगढी : पोल्याण्डमा एक नेपालीको छुरा प्रहार गरी हत्या गरिएको छ ।

सामान्य विवादका क्रममा आफ्नै सहकर्मीले छुरा प्रहार गर्दा खोटाङको साकेला गाउँपालिकाका राजेश दाहालको मृत्यु भएको हो । एनआरएनए पोल्याण्डकाअनुसार घटना शनिबार रातिको हो ।

Dengue

मदिराले मातिएको समयमा सामान्य विवाद हुँदा दाहालमाथि छुरा प्रहार भएको पाइएको छ । घटनामा ३५ वर्षीय युवकलाई पक्राउ गरिएको छ ।

दाहालको शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ । नेपाल ल्याउने तयारी भइरहेको एनआरएनए पोल्याण्डले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार