शाइन रेसुंगा डेभलपमेन्ट बैंक १६ औं वर्षमा प्रवेश,उत्कृष्ट शाखालाई सम्मान

बुटवल : बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक १६ औं वर्षमा प्रवेश गरेको छ । २०६५ फागुनमा तीन जिल्ला कार्यक्षेत्र रहने गरी बुटवलमा स्थापना भएको शाइन रेसुंगा डेभलपमेन्ट बैंक विभिन्न स्थानमा रहेका बैंकहरुसँग मर्ज भई राष्ट्रियस्तरको विकास बैंक बन्न सफल भएको छ । बैंकको ८ अर्ब अधिकृत पुंजी र ४ अर्ब ७३ करोड चुक्ता पुंजी रहेको छ।

यस बैंकका देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १८ वटा एटीएम सञ्चालनमा रहेको अध्यक्ष थानेश्वर पौडेलले बताए् । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरुले पाँच वटा विकास बैंकहरु मर्ज भएर बनेको शाइन रेसुंगा बैंक लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रियस्तरको विकास बैंक बन्न सफल भएको बताए । बैंकले हालै अन्तर्राष्ट्रियस्तरको एशिया इमर्जिङ बैंकिङ अवार्ड र गत वर्ष बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड पाएको छ ।

Dengue

उत्कृष्ट शाखालाई सम्मान
शुक्रवार आयोजित समारोहमा बैंकले उत्कृष्ट ग्रामीण शाखाका रुपमा अर्घाखाँचीको मालारानी गाउँपालीकाको खनदह शाखा र उत्कृष्ट शहरी शाखाको रुपमा काठमाडौंको नयाँ बानेश्वर शाखालाई पुरस्कृत गरेको छ ।  

यस अवसरमा बोल्दै बैंक सञ्चालक समितिका अध्यक्ष थानेश्वर पौडेलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले दुर्घटना न्यूनीकरण, सरसफाई तथा वातावरणको संरक्षण, शैक्षिक क्षेत्रमा योगदान गर्दै आएको बताए । 

ग्रामीण क्षेत्रका विद्यालयहरुलाई डिजिटलमैत्री बनाउन डिजिटल स्कुल प्रोग्राम अन्तर्गत सरकारी विद्यालयहरुमा डिजिटल उपकरणहरु प्रदान  गरिएकोे अध्यक्ष पौडेलले बताए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार