दहीमा नुन मिसाएर खानु सही कि गलत ?

एजेन्सी : कतिपय मानिसलाई दहीमा चिनी राखेर खान मन पर्छ भने कतिपयलाई नुन राखेर दही मन पर्छ । यहाँ प्रश्न उठ्छ दहीमा नुन मिसाएर खानु स्वास्थ्यका लागि राम्रो हो कि होइन भनेर ? आज यही विषयमा जान्ने कोसिस गरौं ।

दहीमा राम्रो मात्रामा क्यालोरी हुन्छ । यसबाहेक यसमा प्रोटिन, भिटामिन डी, क्याल्सियम, फस्फोरस, लेक्टोज तथा आइरन जस्ता पोषक तत्व पनि पाइन्छन् । यसले शरीरलाई धेरै फाइदा गर्छ ।

Dengue

आयुर्वेदका अनुसार तपाईं दहीलाई मह, चिनी, मिश्री वा घ्यूसँग खान सक्नुहुन्छ । दहीलाई मुंगको दालमा मिसाएर पनि खान एकदमै फाइदाजनक हुन्छ । तपाईं दहीलाई महीको रुपमा पनि पिउन सक्नुहुन्छ ।

आयुर्वेदलाई मान्ने हो भने तपाईं दहीमा थोरै नुन र जिराको पाउडर मिसाएर खान सक्नुहुन्छ । तर यदी तपाईंले दैनिक रुपमा दहीमा नुन मिसाएर खानुभयो भने यसले पित्त तथा कफको समस्या बढ्न सक्छ ।

दहीमा करोडौं संख्यामा गुड ब्याक्टेरिया पाइन्छन् जो जीवित अवस्थामै शरीरमा जान जरुरी हुन्छ । नुन राखियो भने यस्ता गुड ब्याक्टेरिया मर्न थाल्छन् ।

दहीमा नुन राखेर अत्यधिक खाएमा यसले पाचन प्रणालीमा पनि असर गर्छ । यसले एसिडिटी र ग्यास जस्ता समस्याहरुको सामना गर्नुपर्ने हुन सक्छ ।

विशेषगरी चिसो समयमा दहीमा नुन राखेर खाँदा कफको समस्या हुन सक्छ । यसले मानिसलाई रुघाखोकी, कफ जस्तो समस्या हुन्छ । साथमा घाँटीमा पनि समस्या आउन सक्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार