एमाले कैलालीको अध्यक्ष बन्न तीन नेताबिच कडा प्रतिस्पर्धा हुँदै

धनगढीः आज (आइतबार)देखि सुखडमा सुरु नेकपा एमाले कैलालीको जिल्ला अधिवेशनमा अध्यक्ष पदमा तीन जना आकांक्षी छन्।

कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र नेता यज्ञ ढुंगाना अध्यक्ष पदका दाबेदार हुन्। एमालेले पहिलो पटक अधिवेशन अघि नै सहमति खोज्ने प्रयत्नका रूपमा आकांक्षीहरूलाई इच्छापत्र पेस गर्नुपर्ने विधि तय गरेको थियो। इच्छापत्र पेस गरेको पाँच दिनसम्म पनि अध्यक्ष पदका आकांक्षी तीन जनाबिच सहमति हुन सकेको छैन्।

Dengue

अध्यक्षसहित पदाधिकारी तहका पाँच पदमा ५३ जनाले इच्छापत्र पेस गरेका छन्। उपाध्यक्षमा ८, सचिवमा १२ र उपसचिवतर्फ दुई पदका लागि ३० जनाले आकांक्षा राख्दै इच्छापत्र दर्ता गराएका छन्। आज केहि समयपछि सुरु हुने अधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। अधिवेशन दुई दिनसम्म चल्नेछ।

नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र केन्द्रीय सदस्य दामोदर भण्डारी जिल्लाको नेतृत्व आफ्नो पक्षमा पार्न लबिङ गरिरहेका छन्। आफू निकटका नेतालाई जिल्ला अध्यक्ष बनाउन तीनै नेताले लबिङ गरेका हुन्। केन्द्रीय सचिव भट्टले कार्यवाहक अध्यक्ष दुर्गा जोशीलाई अघि सारेका छन्। साथै भट्टका स्वकीय सचिव हितेस ओझा पनि कैलाली जिल्ला सचिव पदमा दाबेदार छन्।

स्थायी कमिटी सदस्य कर्ण थापाले भने कैलाली जिल्ला सचिव डेजी पाण्डेलाई अध्यक्ष बनाउन लबिङ गरिरहेका छन्। पाण्डे समूहबाट कैलालीका उपसचिव रहेका ममताप्रसाद चौधरी सचिव पदका दाबेदार छन्। त्यस्तै एमाले केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश पूर्वअध्यक्ष दामोदर भण्डारीले भने अध्यक्षका लागि पूर्वप्रदेश कमिटी सचिवालय सदस्य यज्ञराज ढुङ्गानालाई अघि सारेका छन्। उनको टिमबाट सचिव पदमा विष्णु चन्द र आनन्दप्रसाद भट्ट आकांक्षी छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार