सुखडको सार्वजनिक यात्रु प्रतिक्षालयमा एमालेको नगरकमिटी सचिवालय

धनगढी :  कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा निर्माण भएको पुस्ताकलयसहितको यात्रु प्रतिक्षालय एमालेले कब्जा गरेको छ।

घोडाघोडी नगरपालिकाको ५ लाख ६१ हजार र चन्दादाताको सहयोग गरी २० लाख बढीको लागतमा उक्त संरचना निर्माण गरिएको हो।

Dengue

भवनको भूँइ तलामा यात्रुप्रतिक्षालय रहने र दोस्रो तलामा सुबिधा सम्पन्न पुस्ताकालयको अवधारणासहित भवन निर्माण गरिएको थियो।

निर्माणको सुरुवाती चरणमै प्रतिक्षालयको नाम र जमिनको विषयमा समेत विवाद नभएको भने होइन। तर, शिलान्यासदेखि उद्घाटन सम्म मात्र होइन, नामदेखि कामसम्म प्रतिक्षालय एमालेकै हो भन्दा पनि फरक पर्दैन।

आइतबार प्रतिक्षालयको दोस्रो तलामा निर्माण गर्ने भनिएको सुबिधा सम्पन्न पुस्ताकालय हेर्ने पुग्दा एमालेको घोडाघोडी नगरकमिटीको सचिवालय रहेको पायौं। हामी पुग्दा पनि जहाँ, एमालेका नेता कार्यकर्ता छलफल तथा कामकाज गरिरहेका थिए।

जसको तालाचाबी निर्माण पश्चात् नै एमालेका घोडाघोडी नगरकमिटी अध्यक्ष बक्त बहादुर शाहीलाई आफूले बुझाएको प्रतिक्षालय निर्माण समितिका अध्यक्ष दुर्गाप्रसाद गौतमले जनाएका छन्।

एक स्थानीयका अनुसार पुस्ताकालय बनाउने भनिएको भवनको दोस्रो तलामा एमाले पार्टीले नगरकमिटीको सचिवालय बनाएको र नियमित जसो हुने बैठक तथा छलफल त्यसैमा चलाउने गरेको बताए।

यस विषयमा एमाले घोडाघोडी नगरकमिटी अध्यक्ष शाहीले  एमालेको जिल्ला अधिवेशनका सकुन्जेलसम्मका लागि मात्र प्रयोग गरेको जिकिर गरे। उनी अबको एक सातपछि छोड्ने कुरा भएको बताउँछन्।

तर, सुबिधा सम्पन्न पुस्ताकालयसहितको प्रतिक्षालय निर्माण गर्ने भनिएको ठाउँमा कुनै एक अमुक पार्टीले कार्यालय बनाउनु गम्भीर कुरा भएको नेकपा माओवादी केन्द्रका घोडाघोडी नगरकमिटी अध्यक्ष खगेन्द्रबहादुर हमालको भनाइ छ।

हमालका अनुसार, निर्माणको सुरुवाती चरणमा प्रतिक्षालयको नाम मदन आश्रित स्मृति प्रतिक्षालय राख्ने विषयमा समेत विवाद भएको थियो।

‘मदनलाई राष्ट्रको एक गहनाको रुपले सम्मान गरेका थियौं। त्यसै अनुरुप सहमती समेत जुटेको थियो। तर, आज यसरी नाम एक, काम अनेक भैइरहेका छन्,’ उनले भने,  ‘यसरी सार्वजनिक सम्पतिको दुरुपयोग गर्न कसैले पनि पाउँदैन र मिल्दैन पनि। हिजो मात्र पनि एक जना चन्दादाताले सहयोग गरेको भरमा फेरी अर्को शिलापत्र टाँगीएको रहेछ।’

यात्रु प्रतिक्षालयका नाममा यस्तो व्यापार नगर्न समेत उनले आग्रह गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार