मृतकको पेन्सन खाताबाट रकम निकालेको आरोपमा बाणिज्य बैंकका कर्मचारी पक्राउ

धनगढी : मृत्यु भैसकेका निजामती कर्मचारीको खाताबाट पेन्सन निकालेको आरोपमा प्रहरीले बाणिज्य बैंकमा कार्यरत पाँचौ तहका कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैंकको महाराजगञ्ज शाखामा कार्यरत पाँचौ तहका पियन पुण्यप्रसाद अधिकारी छन् । ५५ वर्षीय अधिकारी रामेछापको लिखु तामाकोशी गाउँपालिकाका स्थानीय हुन् ।

नक्कली कागजात बनाएर पैसा लिइरहेको सुराकको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले बताए । दस्तखत नमूना परिवर्तन गर्ने निवेदन दिएर आरोपी आफैंले रकम निकाल्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

dashain shuvakamana
Discovery School

मृतकहरु कृष्णबहादुर रोक्का क्षेत्री, निना शाही, तुल्सीमाया श्रेष्ठ, बद्रीबहादुर खड्का क्षेत्री, सुरेश्वर देवकोटा, माधव थापाक्षेत्री, सानुचा पोडे र गायत्री कुमारी कटुवालको रकम उनले निकालेको भेटिएको छ । आरोपीविरुद्ध प्रहरीले बैंकिङ कसुर तथा ठगीसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार