भारतीय नम्बर प्लेटको गाडी प्रहरी देख्नै नहुने,पर्यटकलाई दुःख दिने नियतबाट अनावश्यक केरकार

कञ्चनपुर – भारतीय आगन्तुक (पर्यटक) लाई दुःख दिने नियतबाट अनावश्यक केरकार गर्ने शिलशिला कञ्चनपुरमा बढ्न थालेको छ। भारतीय नम्बर प्लेटको गाडी देख्नै नहुने गरी प्रहरीले अनावश्यक केरकार गर्न थालेको हो। नेपालतर्फको सीमा क्षेत्रमा भारतीय गाडी र पर्यटकमाथि अनावश्यक केरकार हुन थालेपछि उता भारतीय सीमा क्षेत्रमा पनि नेपाली गाडी र व्यक्तिमाथि सोहि प्रकारको हर्कत हुन थालेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सीमावर्ती क्षेत्र गड्डाचौकी सहितका स्थानबाट ५८ वटा भारतीय नम्बर प्लेटका सवारीसाधन नियन्त्रणमा लिएको थियो। दुःख दिने नियतले भारतीय गाडी र कतिपय अवस्थामा भारतीय नागरिकलाई समेत नियन्त्रणमा लिने काम प्रहरीले गर्दै आएको हो। तर नियमविपरीत कञ्चनपुरमा सञ्चालनमा रहेका भारतीय सवारीसाधन नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रकाश डाँगीको दाबी छ।

Dengue


‘सुरुमा कुनै पनि सवारीसाधन चालकसँग आवश्यक कागजपत्र थिएन, पछि ४८ सवारीसाधन धनीले कागजपत्र ल्याएपछि सम्बन्धित धनीलाई गाडी बुझाइदिएका छौँ। बाँकी १० वटा गाडी भन्सार पठाएका छौँ।’ प्रवक्ता डाँगीका अनुसार भन्सार नतिरी, सुविधा नलिई विद्यमान आर्थिक ऐन भन्सार व्यवस्थाविरुद्धमा सञ्चालनमा रहेका भारतीय सवारीसाधनबाट यात्रु बोक्ने गुनासो आएपछि भारतीय नम्बर प्लेटका सवारीसाधन नियन्त्रणमा लिएको बताए।

भीमदत्त नगरपालिका–११ नम्बर वडा कार्यालयको समेत सीमावर्ती क्षेत्रमा सवारीसाधन पार्किङ नगर्ने निर्णयलाई पालना गर्न गराउन उक्त भारतीय सवारीसाधन नियन्त्रणमा लिएको उनले बताए। कञ्चनपुर प्रहरीले भारतीय सवारीसाधन कानुनअनुरूप सञ्चालन गर्नसमेत आह्वान गरेको छ।
नेपाल प्रहरीले भारतीय गाडीमाथि केरकार गरेर नियन्त्रणमा लिएको भोलिपल्ट उता भारतीय पक्षले पनि नेपाली गाडीमाथि केरकार गर्दै नियन्त्रणमा लिने काम भएको थियो। कञ्चपुरमा मात्र नभएर यता कैलाली प्रहरीले पनि भारतीय गाडी र नागरिकलाई अनावश्यक दुःख दिने गरेको गुनासो बढ्दै गएको छ। भन्सार विन्दुमा चेकजाँच गरिसकेको गाडीलाई ठाउँठाउँमा अनावश्यक चेकजाँचको नाममा घुम्न आएका पर्यटकलाई सताउने काम हुँदै आएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार