चार वर्ष लगातार फिल्म फ्लप, बेच्नु पर्यो घरसम्पत्ति

एजेन्सी – बलिउड अभिनेता इमरान खान लामो समयपछि फेरि बलिउडमा आउने तयारी गरिरहेका छन् । उनले आफ्नो डेब्यू फिल्म ‘जाने तु या जाने ना’ बाट आशा गरेका थिए कि लामो समयसम्म फिल्ममा काम गर्नेछन् । तर उनको विगत ९ वर्षको करिअर एकदमै खराब रह्यो ।

इमरान खान आउने फिल्मका लागि तयारी गरिरहेका छन् । उनले एक अन्तरवार्तामा आफ्नो नराम्रो समयको बारेमा खुलासा गरेका छन् । जतिबेला उनले अभिनयबाट दुरी बनाउने फैसला गरिसकेका थिए ।

Dengue

इमरान खानले ‘वोग’ म्यागजिनसँग कुराकानी गर्ने क्रममा बताए कि उनी आफ्नी छोरी इमाराका लागि राम्रो बन्न चाहन्थे । इमरान जब फिल्म क्षेत्रबाट टाढा भए त्यसपछि उनको जीवनमा एकदमै धेरै परिवर्तनहरु आए ।

उनी पहिला मुम्बईको पाली हिलस्थित बंगलामा बस्थे, अब उनी बान्द्राको अपार्टमेन्टमा बस्छन् । उनले आफ्नो कार पनि बेचिदिए । उनी अहिले यति साधारण जीवन बिताइरहेका छन् कि अहिले १० वर्ष पुरानो सुट पनि लगाइरहेका छन्, जसलाई लगाएर आयरा खानको विवाहमा पुगेका थिए ।

इमरान खानले भने, सन् २०१६ सबैभन्दा नराम्रो थियो । उनी भित्रैदेखि टुक्रिसकेका थिए । भाग्यले गर्दा उनी त्यस्तो उद्योगमा काम गरिरहेका थिए जसले उनलाई सम्पन्न बनायो ।

३० वर्षको उमेरमा उनले यति काम गरिसकेका थिए कि उनलाई पैसाका लागि चिन्ता लिनु परेन ।

उनले जीवनको बारेमा अगाडि बताए, “मलाई त्यतिबेला पिता बनेको धेरै समय भएको थिएन । मैले सोंचे कि यो एकदमै विशेष समय हो जसलाई मैले गम्भीरतापूर्वक लिन सक्छु । म आफ्नी छोरी इमाराका लागि राम्रो बन्न चाहन्थे ।”

सन् २०११ मा आएको फिल्म ‘मेरे ब्रदर की दुल्हन’ आएपछि उनका अरु पाँच फिल्म रिलीज भएका थिए जसले बक्स अफिसमा राम्रो काम गर्न सकेनन् । त्यसपछि उनले अभिनेता नबन्ने निर्णय गरे । उनी आफ्नी श्रीमती अवन्तिका मलिकसँग पनि अलग भइसकेका छन् ।

चर्चा छ कि उनले अभिनेत्री लेखा वाशिंगटनलाई डेट गरिरहेका छन् । उनले बितेका ९ वर्षमा घरमा बसेर एकदमै धेरै फिल्महरु हेरेको पनि बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार