प्रियंकाद्वारा उप्स पार्कको शुभारम्भ

कैलाली- लोकप्रिय अभिनेत्री प्रियंका कार्कीले राजधानीको धुम्बाराहीमा सञ्चालनमा आएको नेपालकै पहिलो पारिवारिक मनोरञ्जन पार्क उप्सको शुभारम्भ गरेकी छन्।

सोमबार एक औपचारिक कार्यक्रमका बीच प्रियंकाले शुभारम्भ गरेकोे उप्समा बच्चादेखि पाको उमेरका सम्मले खेलको मनोरञ्जन लिन सक्नेछन्।

Dengue

आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ, रेसिङ, जिपलाइन, क्लाइम्बिङ लगायतका आउटडोर र इन्डोर खेलको मनोरञ्जन पार्कमा लिन सकिनेछ।

कार्यक्रममा बोल्दै प्रियंकाले सवै प्रकारका खेल खेल्न सकिने ठाउँ आकर्षक बनेको बताइन्। ‘सबै परिवार नै मिलेर खेल्न सकिने विभिन्न प्रकारका खेल एकै ठाउँमा पाएँ। ठूलो स्पेसमा भएको कारण पनि धेरैले एकसाथ खेलको मज्जा लिन सक्नुहुनेछ’ छोरी आयंकाका साथ पार्कमा पुगेकी प्रियंकाले भनिन्।

भारतमा स्तिथ होप उप भनिने फनपार्कको सहयोगमा यो फेमेली फन पार्क नेपालमा सञ्चालनमा ल्याइएको पार्कका सञ्चालक प्रभात केडियाले जानकारी गराए।

केडियाले बिभिन्न खेलको मज्जा एकै ठाउँमा दिएर परिवारलाई नै मनोरञ्जन दिलाउनु फन पार्कको मुख्य उद्देश्य रहेको नेपालकै पहिलो यो फेमेली फन पार्कलाई देशका अन्य स्थानमा पुर्‍याइने बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार