पूर्वमन्त्री एवम् कांग्रेस नेता बुढाथोकीको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् पूर्व सामान्य प्रशासनमन्त्री केशव कुमार बुढाथोकीको निधन भएको छ। झापाको अर्जुनधारा नगरपालिका–८ घर भएका बुढाथोकीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा निधन भएको बताइएको छ।

बुढाथोकी करिब हप्ता दिन अगाडिदेखि निमोनियाको समस्याले ग्रस्त थिए।

Dengue

पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय भएका बुढाथोकी २०७३ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्री बनेका थिए। उनले ‘आफ्नो आफ्नो सगरमाथा’ नामक पुस्तक पनि लेखेका छन्।

बुढाथोकीको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दु:ख व्यक्त गरेका छन्। बुढाथोकीको निधनको खबरले निकै मर्माहत भएको भन्दै देउवाले उनको आत्माको चिर शान्तिको कामना गरेका छन्। साथै परिवारजनमा समवेदना प्रकट गरेका छन्।

यस्तै, सभामुख देवराज घिमिरेले पनि बुढाथोकीको निधनप्रति दु:ख व्यक्त गरेका छन्। बुढाथोकी नेपालको लोकतान्त्रिक आन्दोलनका अग्लो राजनीतिज्ञ रहेको उल्लेख गर्दै सभामुख घिमिरले उनको निधनबाट आफू मर्माहत भएको बताएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार