प्रहरी पुगेपछि फोन घुमाउन थाले अरुण चौधरी

काठमाडौं- काठमाडौंको बाँसबारीस्थित छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा पक्राउ गर्न सीआईबी टोली लाजिम्पाटस्थित निवासमा पुग्दा व्यवसायी अरुण चौधरी आराम गरेर बसिरहेका थिए ।

करिब मध्याह्न १२ बजे पुगेको प्रहरी टोलीले पक्राउ गर्न आएको बताएपछि उनी सँगै जान आनाकानी गर्न थाले । आफू कतै नजाने भन्दै यताउती फोन घुमाउन खोजे ।उनको गतिविधि देखेर डीएसपी धर्म भण्डारी कड्किए । तपाईं यत्तिकै जान मान्नुहुन्न भने हामीसँग अरू तरिका पनि छन् ।

Dengue

यति भन्दा भन्दै उनले २ /३ ठाउँमा फोन लगाउन भ्यए । उनले २/ ३ पटक फोनमा कुरा गरे, अरु २/३ ठाउँमा फोन गर्दा उनको फोन नै उठेन, स्रोतले भन्यो ।त्यसपछि चौधरीले आफूलाई नुहाउन दिन आग्रह गरे । सीआईबीको टोली नुहाउन मञ्जुरी दियो ।

नुहाएर आएपछि पूजापाठ गर्न थाले । सीआईबी टोलीको नेतृत्व गरेका भण्डारीले छिटो गर्न आग्रह गरे । त्यसपछि परिवारका अर्का एक सदस्यले पूजा गर्न दिनुहोस् भनेको रहेछ ।

चौधरीले पूजा सके । उनले सीआईबीको टोलीलाई करिब ४५ मिनेट कुराएका थिए । पूजा सकेपछि उनले आफ्नै गाडीमा जाने अड्डी लिन थाले ।

केहीबेरको भनाभनपछि डीएसपी भण्डारी चौधरीलाई उनकै गाडीमा लैजान तयार भए ।बिहीवार चौधरी र बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख समेत रहेका व्यापारिक साझेदार अजितनारायण सिंह थापा पक्राउ परेका हुन् ।सीआईबीले प्रहरीले बत्तिसपुतलीबाट बिहीवारै पक्राउ गरेको हो ।पक्राउ परेका अरुण चौधरी ग्रुपका सदस्य हुन् । चौधरीलगायतको समूहले बाँसबारीस्थित छाला जुत्ता कारखानाको जग्गा हडपेर आफ्नो नाममा ल्याएका थिए ।

प्रहरीले यस विषयमा छानबिन शुरू गरेको थाहा पाएपछि उनी विदेश बस्दै आएका थिए ।उनीहरूलाई अहिले सीआईबीको हिरासतमा राखिएको छ ।चौधरीको समूहले कागजात मिलाएर बाँसबारीको १० रोपनी जग्गा हडपेका थिए ।पक्राउबाट जोगाउन चौधरी ग्रुपले राजनीतिक दबाब समेत सिर्जना गरेको स्रोतको दाबी छ ।

तर, सरकारी जग्गा हडप्नेलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने भन्दै गृहमन्त्री श्रेष्ठले चौधरीलाई पक्राउ गर्न निर्देशन दिएको स्रोतले बतायो ।‘सरकारी जग्गा हडप्नेलाई जहाँबाट भए पनि पक्राउ गर्नू भन्ने गृहमन्त्रीको निर्देशनपछि चौधरीलाई पक्राउ गरिएको हो,’ प्रहरी स्रोतले भन्यो ।

राजतन्त्रको समयमा दरबारसँग निकट चौधरी समूहले राजनीतिक दल र सरकारी कर्मचारीसँगको मिलेमतोमा सरकारी जग्गा हडप्दै आएको थियो ।
यस क्षेत्रमा विनोद चौधरीले समेत २ हजार कित्ता जग्गा हडपेको खुलासा भएको छ । सीआईबीले उनलाई समेत खोजिरहेको प्रहरी उच्च स्रोतले जानकारी दियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार