नेपालमा फेरी टिकटक सुचारु गर्न लबिङ शुरु, सरकारले कुरै सुन्न मानेन

धनगढी- गत कार्तिक २७ गतेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जाल टिकटकलाई नेपालभित्र प्रयोगका लागि प्रतिबन्ध लगाइएको थियो । टिकटकले आफ्नो पक्षमा वातावरण बनाउन लबिङ शुरु गरेको छ ।

सरकारले टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।सरकारको सो निर्णयका विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा परेसँगै सर्वोच्चले समेत सरकारको नाममा कारण देखाउ आदेश दिएको छ । तर टिकटकले भने नेपाली सरोकारबालाहरुसँग सहकार्य गर्ने र लबिङको कार्य तीव्र बनाएको छ ।

Seti Hospital

सरकारी अधिकारीहरुले टिकटकमाथि लागेको प्रतिबन्धका बारेमा कुरा गर्न नचाहेकाले टिकटकको प्रयास सफल हुन नसकेको स्रोतले बताएको छ ।यसैगरी टिकटकले सामाजिक अभियन्ता, मानवअधिकारवादी, संचारमाध्यमका प्रतिनिधिहरु लगायत सरोकारबालाहरुसँग समेत छलफल र भेटघाट गरिरहेको बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार